You are viewing the translated version of अन्तरनिकाय तथ्याङ्क कार्य समूह गठन गर्न सक्ने.

Section 22
अन्तरनिकाय तथ्याङ्क कार्य समूह गठन गर्न सक्ने
(१) परिषद्ले विषयगत तथ्याङ्क सङ्कलन विधि, तथ्याङ्कमा पहुँच तथा तथ्याङ्क व्यवस्थापनमा समन्वय र एकरूपता कायम गर्न आवश्यकता अनुसार अन्तरनिकाय तथ्याङ्क कार्य समूहहरू गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन गरिने अन्तरनिकाय तथ्याङ्क कार्य समूहको काम, कर्तव्य र अधिकार त्यस्तो कार्य समूह गठन गर्दाका बखत परिषद्ले तोके बमोजिम हुनेछ।